नाडाको निर्वाचन मंसिर २२ र २३ गते हुँदै

नाडाको निर्वाचन मंसिर २२ र २३ गते हुँदै


नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन २०७८ साल मंसिर २२ र २३ गते होटेल सोल्टीमा सम्पन्न हुने भएको छ । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी मंसिर २२ र २३ गते साधारण सभा तथा निर्वाचन गर्ने निर्णय गरेको हो ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्षलगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुने गरेको छ । 

नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन गरिसकेको जनाएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतनासम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरीय एशोसिएसनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर र कोभिड विरुद्धको मास्कसमेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरुमार्फत वितरण गर्नेछन् । 

नाडाले गत भदौ २५ गते त्रिपुरेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।  
 

Logo