दराजले ल्यायो दशैं धमाका, हरेक सामानमा छुटै छुट

दराजले ल्यायो दशैं धमाका, हरेक सामानमा छुटै छुट


नेपालको अग्रणी अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान– दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुनेछ र यसमा ग्राहकहरुले १० लाखभन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ। अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। 

त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेका छन्। अभियानको थप विवरण तल उल्लेख गरिएको छ।

कार्ड प्रीपेमेन्ट छुटको कुरा गर्दा ग्राहकहरु डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुनेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। 

यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्नेछन्। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागि आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिइनेछ ।

दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँको माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्ये कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्नेछन्: 

२ रात, तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यासुदा अल्कलाइन वाटर पिउरिफायर, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागि, एक ग्राहकले मात्र एक पुरस्कारको लागि खेल्न सक्नेछ। भाग लिनको लागि, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्री पे गर्नु पर्नेछ । 

यसैगरि दशैं धमाकामा सामसुङदेखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेका छन् भने रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ। ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेषगरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन्। साथै दराज दशैं धमाकाको ग्राहकहरुले आधिकारिक ब्रान्डहरुमा थुप्रै छुट पाउन सक्नेछन्। यति मात्र नभई, ग्राहकहरुले दराज जेम्सको माध्यमबाट भाउचरहरु पनि सजिलै प्राप्त गर्न सक्नेछन्।

Logo