यसपालीको दशैं महँगो हुँदै, दैनिक उपभोग्य बस्तुको मूल्य गत वर्षको भन्दा दोब्बर बृद्धि

यसपालीको दशैं महँगो हुँदै, दैनिक उपभोग्य बस्तुको मूल्य गत वर्षको भन्दा दोब्बर बृद्धि

केन्द्रबिन्दु
0
Shares

नेपालमा विभिन्न चाडपर्व, महामारी, भूकम्प, नाकाबन्दी लगायतको समयमा दैनिक उपभोग्य बस्तुको मूल्य अस्वाभाविक रूपमा बृद्धि हुने पुरानो प्रचलन बन्दै गएको छ।

चाडपर्वको सिजन सुरु हुने वित्तिकै बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि भइसकेको हुन्छ। 

यो वर्ष पनि नेपालीहरूको महान पर्व दशैं–तिहार नजिकिएसँगै नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य गत वर्षको भन्दा दोब्बरले बढेको छ।
बजारमा चामल र दालबाहेक अन्य सबैजसो दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि भएको छ। यसरी दशैं–तिहार नजिकिएसँगै वस्तुहरूको मूल्यबृद्धि हुँदा यो वर्षको दशैं महँगो हुने भएको छ।

कोरोना महामारीको कारण गत वर्षदेखि हरेक वस्तुको महँगी बढ्दै आएको छ। बजारमा गत वर्षको भन्दा चामल, दाल, गेडागुडी, फलफूल तथा खाने तेलको मूल्य अत्याधिक बढेको व्यवसायीहरूले बताएका छन्। 

उता, नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार दशैंको नजिकिएसँगै नभएर पाँच महिना अगाडि नै बजारमा महँगी बढेको बताएका छन्।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार दशैंको नजिकिएसँगै नभएर पाँच महिना अगाडि नै बजारमा महँगी बढेको बताएका छन्।

उनले नेपालमा दशैं–तिहारजस्ता चाडपर्व नजिकिएसँगै व्यापारीहरूले बजार मूल्य बढाए भन्ने प्रचलन नै बढेका बताए । उनले भने,‘महँगी नै नभएको भने होइन। केही सामानको मूल्य बढेको छ। बजारमा खाने तेलको मुल्य गत वर्षको भन्दा ९० प्रतिशत भन्दा बढीले बढेको छ।’

खाद्यान्नमा चामल र दालको मूल्य गत वर्षको भन्दा कमै बढेको छ। गतवर्ष १५ सय रुपैयाँ पर्ने गरेको चामल यो वर्ष बढेर १५ सय ७५ देखि १६ सय रुपैयाँसम्ममा पाईने महासचिव तुलाधारले बताए।

नेपालीहरूको भान्छामा दैनिक प्रयोग हुने दालको मूल्य सामान्य बढेको छ। रातो र कालो दाल प्रतिकेजी एक सय ४० रूपैयाँसम्म पर्ने व्यवसायीहरूले जनाएका छन्।

तेलमा गत वर्षको भन्दा दोब्बर मूल्य वृद्धि

गत वर्षको भन्दा खाने तेलको मूल्य दोब्बरले बढेको छ। एक वर्षको अवधिमा सबै भन्दा बढी मूल्य बढ्ने वस्तु पनि खाने तेल नै रहेको छ। 

एक वर्षको अवधिमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढ्दै गएको छ। गत वर्षको दशैंको तुलनामा यो वर्षको दशैंक खाने तेलको समयमा खाने तेलको मूल्य प्रतिलिटर शतप्रतिशतले महँगो भएको तुलाधरले बताए।

गत वर्षको भन्दा खाने तेलको मूल्य दोब्बरले बढेको छ। एक वर्षको अवधिमा सबै भन्दा बढी मूल्य बढ्ने वस्तु पनि खाने तेल नै रहेको छ। 

गत साउन २३ देखि भदौ २१ गतेको बीचमा नेपाली बजारमा खाने तेलको मूल्य अस्वाभाविक रुपले वृद्धि भएको छ । 

जेठ अन्तिमतिर कार्टुनमा केही सयले तेलको मूल्य घटेको थियो । भदौको करिव दुई साता स्थिर रहेको थियो । तर, व्यापारीले फेरि तेलको मूल्य प्रतिलिटर १० रुपैयाँ तथा कार्टुनमा एक सय रुपैयाँले बढेको छ।

खुद्रा व्यापार संघकाअनुसार एक महिनामा तेलको मूल्य लिटरमा ४५ रुपैयाँ र कार्टुनमा ४५० रुपैयाँले बढेको छ । 

प्रतिकार्टुन २ हजार २ सय रुपैयाँमा पाइने फेमिली, अमृत, सुनौलो किरण लगायत ब्राण्डका तेलको मूल्य बढेर दुई हजार तीन सय रुपैयाँ पुगेको छ ।

त्यस्तै सनफ्लो तेलको प्रतिकार्टुन मूल्य २४ सयबाट बेढेर २५ सय रुपैयाँ पुगेको छ भने धारा हेल्थको मूल्य २८ सयबाट बढाएर २९ सय रुपैयाँ पुगेको संघले जनाएको छ।

गत वर्ष भदौमा प्रतिलिटर १२० देखि १३० रुपैयाँ अधिकतममा बिक्री गरेका सबै प्रकारका तेलको मूल्य अहिले २४० रुपैयाँ भन्दा माथि रहेको व्यवसायीहरूले जनाएका छन्।
महासचिव तुलाधरका अनुसार उद्योगीहरुले अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा तेलको मूल्य बढेको बताएको जनाएका छन्।

गेडागुडीको मूल्य पनि बृद्धि

बजारमा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यसँगै गेडागुडीको मूल्य पनि बृद्धि भएको छ। 

बजारमा विदेशबाट आयात गरिएका अधिकांश गेडागुडीको मूल्य बढेको खुद्रा व्यापार संघले जनाएको छ।

गत वर्षको तुलनामा यो वर्ष सबै प्रकारका गेडागुडीको मूल्य बृद्धि भएको छ । जसमध्ये सबैभन्दा धेरै मूल्य केराउको बढेको छ । 

गत वर्षको दशैंको सिजनमा प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँमा पर्ने केराउ अहिले प्रतिकिलो १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पर्ने संघका महासचिव तुलाधरले बताए। केराउलगायत अन्य सिमी, बोडी, राजमाको समेत गत वर्षको तुलनामा मूल्य बृद्धि भएको छ।

हरियो तरकारी छोइ नसक्नु 

पछिल्लो १० दिनमा हरियो तरकारी र फलफूलको मूल्य छोइ नसक्नु भएको छ । होलसेल बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । 

पछिल्लो १० दिनमा हरियो तरकारी र फलफूलको मूल्य छोइ नसक्नु भएको छ । होलसेल बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । 

होलसेल मूल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको ठूलो गोलभेडा अहिले ६५, प्रतिकिलो २७ रहेको रातो आलु ३१ रुपैयाँ र ४० रहेको सुकेको प्याज ५४ रुपैयाँ पुगेको समितिले जनाएको छ । 
तनेबोडी ७० रुपैयाँबाट १३०, घिरौंला ४५ बाट ७५ र भिन्डी प्रतिकिलो ५६ बाट ७५ रुपैयाँ पुगेको समितिको तथ्यांक छ । 

फलफूलको मूल्य २२ प्रतिशतसम्म बढेको छ । असोज १ मा प्रतिकिलो १९६ रहेको फुजी स्याउ २३५, अनार ३७५, तरबुजा ५५, मौसम १३५ र मेवाको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

मसलाजन्य वस्तुको पनि मूल्यबृद्धि

पछिल्लो समय दैनिक भान्छामा प्रयोग हुने मसलाजन्य प्रायः सबै वस्तुहरूको मूल्यबृद्धि भएको छ।

जस्तो दैनिक भान्छामा प्रयोग हुने जिरा र धनियाँ, हरियो धनियाँ, हरियो प्याज, लसुनको मूल्य अचाक्ली बढेको छ। 

अहिले बजारमा जिरा प्रतिकिलो ३६० देखि ३८० रुपैयाँसम्म पर्छ। त्यस्तै, धनियाँ प्रतिकिलो २२० रुपैयाँमाथि रहेको छ । 

त्यस्तै, हरियो प्याजको मूल्य अहिले प्रतिकिलो २ सय रुपैयाँको हाराहारीमा छ । गतवर्ष यतिबेला हरियो प्याज १२० रुपैयाँ प्रतिकिलो रहेको थियो।

हरियो लसुनको मूल्य पनि तेब्बरले बढेको छ । गत वर्ष अधिकतम् १४० रुपैयाँ प्रतिकिलो रहेको हरियो लसुन अहिले ३६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

भान्छामा दैनिक प्रयोग हुने हरियो धनियाँ मूल्य पनि अहिले अत्याधिक बढेको छ । गत वर्ष करिव २ सय रुपैयाँ प्रतिकिलोमा पाइने हरियो धनियाँ अहिले ५ सय रुपैयाँ पुगेको छ । 

भेडाच्याङ्ग्राको मासु मूल्यबृद्धि

सरकारले प्रत्येक वर्ष खसीबोका तथा भेडाच्याङ्ग्रा ल्याउने गरेको छ। तर, यो वर्ष भने दशैंको लागि खसीबोका मात्रै ल्याउने तयारी गरेको छ।

कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा धेरै भेंडा च्याङ्ग्रा बजारमा नआउने भएका छन्। यसरी भेडाच्याङग्रा नआउने भएसँगै भेडाच्याङ्ग्राको मासुको माग बढ्ने तर, मूल्य बढ्ने भएको छ।

यो वर्ष तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारीहरूले बताएका छन्।

मुस्ताङको लोमान्थाङ्का गतवर्ष व्यापारीले २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको यो वर्ष पटक ३५ हजार भन्दामाथि पुगेको जनाएका छन्। मुस्ताङमा नै च्याङ्ग्रा महँगो भएपछि बजारमा च्याङ्ग्राको मूल्य बढ्ने देखिएको छ।

मुस्ताङको लोमान्थाङ्का गतवर्ष व्यापारीले २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको यो वर्ष पटक ३५ हजार भन्दामाथि पुगेको जनाएका छन्। मुस्ताङमा नै च्याङ्ग्रा महँगो भएपछि बजारमा च्याङ्ग्राको मूल्य बढ्ने देखिएको छ।

त्यस्तै, यो वर्ष गत वर्षको तुलनामा सबै प्रकारका मासुको मूल्य बढ्ने देखिएको छ। गत वर्षको तुलनामा अहिले नै प्रतिकेजी मासुको मूल्य ३० रुपैयाँभन्दा बढी बढेको छ ।

के गर्दैछन् नियमनकारी निकाय ? 

चाडपर्वको समयमा अत्यावश्यक वस्तुको अभाव तथा मूल्यबृद्धि रोक्न सक्रिय रहने प्रतिबद्धता नियमनकारी निकायका प्रतिनिधिहरुले गरेका छन्। 

नियमनकारी निकायका प्रतिनिधिहरूले सोमबार पत्रकार सम्मेलन नै गरेर चाडपर्वको समयमा सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाएर लैजाने बताएका छन्। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वको समयमा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नभएको जनाएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बजारमा खाद्यान्नदेखि पेट्रोलियम पदार्थसम्मको पर्याप्त स्टक रहेको बताएका छन्।

उनले भने,‘बजारमा संयुक्त अनुगमन भइरहेको छ। सरकारसँग सबै वस्तुको स्टक रहेकाले आपूर्ति व्यवस्था प्रभावित र अभाव दुबै हुँदैन। संयुक्त अनुगमन टोलीले स्टक, गुणस्तर, मूल्य र तौलको नियगमन गरी बजारलाइ सुदृढ बनाउने छौं।’ 

त्यस्तै, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको गुनासो र सूचनालाई पहिलो प्राथमिकतामा राखेर बजार अनुगमनलाई सक्रिय बनाइरहेको जनाएको छ।

त्यस्तै, पछिल्लो समय बजारमा कम तौलका वस्तुहरु बढी भेटिन थालेको नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताएका छन् । नाफा कमाउनका लागि उपभोक्तालाई ठग्न खोज्ने व्यवसायी तथा उद्योगीहरुलाई कानुनअनुसार कार्वाही गरिने उनले बताए।

त्यस्तै, उपभोक्ता अधिकारकर्मीहरुले चाडपर्वको समयमा बजार अनुगमन बढाई उपभोक्ता र व्यवसायीमैत्री बजार निर्माण गर्नुपर्ने बताएका छन्। 

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तथा उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सनाले हामी उत्पादनमुखी भन्दा पनि आयातमुखी बजारमा बढी निर्भर भयौ तर, सरकारसँगै वस्तुको मूल्य नियमन गर्ने समन्यत्र नभएकाले व्यापारीले वस्तुको मूल्यमा मनपरी गरेको बताए।

उनले भने,‘सरकारसँग नियमन गर्ने गतिलो समयन्त्र नभएकाले व्यापारीको मुखले मूल्य निर्धारण हुने गरेको छ। सरकारले व्यवसायीले प्रचलित कानुनअनुसार मूल्य निर्धारण गरेको छ कि छैन भनेर नहेर्दा बजार उपभोक्तामैत्री भएन।’

चाडपर्वमा मात्रै नभएर बजार अन्य सामान्य समयमा समेत सामान्य उपभोक्ताको पहुँचभन्दा बाहिर गएको उनको भनाइ छ।

Skip This
Skip This
Logo