डिशहोम फाइबरनेटले उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा ईन्टरनेट सेवा सुरु गरेको हो।
डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।
देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माले दिए। नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज, धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र विराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि पुग्दैछ।
अहिले नेपालीहरुको घर आँगनमा चाडपर्वको मौसम छाईसकेकाले रमाइलो पर्वको मौसममा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाइवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ। २०७८ असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउनेछन्।
स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने कम्पनीले जनाएको छ।





























प्रतिक्रिया