कोका–कोला नेपालद्वारा आफ्नो पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट रिलिज

कोका–कोला नेपालद्वारा आफ्नो पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट रिलिज

केन्द्रबिन्दु
0
Shares

कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ। यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरुलाई दर्शाएको छ। रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड १९ को बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पुर्याएको छ। 

जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल रहेका छन्। जसरी कोका–कोलाले आफ्नो दशकको कार्यलाई सम्पन्न गर्दै गइरहेको छ, यसले संयुक्त राष्ट्रसँगका १७ वटा दिगो विकास लक्ष्यहरुलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ।

नेपालमा कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “कोका–कोलाको प्रणालीले व्यापार बृद्धि गर्नका लागि दिगोपनलाई एक सर्तको रुपमा लिएको छ। १९७३ देखि, हामी कोका–कोलालाई हरेक नेपालीहरुको रिफ्रेसमेन्टको पहिलो रोजाइको बनाउने व्यवसायमा अघि बढेका छौंँ। ४० वर्षभन्दा बढि समयदेखि हामीले एक कम्युनिटी  ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसायको निर्माण गर्नका लागि प्रयास गरिरहेका छौँ। 
पानी भनेको कोका–कोलाको व्यापार र यसको समुदायहरुको स्वास्थ्यको दीर्घकालीन सफलताका लागि केन्द्रित रहेको छ। कम्पनीले राष्ट्रको लागि पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरुको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको छ। नेपालमा कोका–कोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ। जसमा रेन वाटर हार्वेस्टिंग, ग्राउन्डवाटर रिचार्ज र वाटरएड र स्मार्टपानीसँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरु रहेका छन्। यसको अर्थ कोका–कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि नेपालभरिका समुदायहरुलाई दोब्बर पानी फिर्ता दिनेछ।

२०१८ मा, कोका–कोलाले विश्वव्यापी रूपमा “वल्ड विथआउट वेस्ट” अभियानको  घोषणा गरेको थियो, जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरुलाई संकलन र रिसाइक्लिंग गर्ने थियो। यसको ग्लोबल भिजनको समर्थनमा कोका–कोलाले “वल्ड विथआउट वेस्ट”का उद्देश्यहरुलाई प्राप्त गर्नको लागि आगामी आउने धेरै परियोजनाहरुको पहल गरेको छ । 

जसमा नगरभित्र, रिसाइक्लर साथी र क्रिएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकलहरु सामेल रहेका छन्। 
यी परियोजनाहरु सामूहिकरूपमा काठमाडौँभरीका २ नगरपालिका र काठमाडौं बाहिरका ७ नगरपालिकाहरुमा रहेका छन्। यी परियोजनाहरुका साथै कोका–कोलाले नेपाली सेनासँग २ बर्षसम्म “माउन्टेन क्लिन अप क्यामपियन” को लागि सहकार्य गरेको छ। यो मल्टी–स्टेक होल्डरको राष्ट्रिय कार्यक्रमको उद्देश्य भनेको पहाडहरुलाई सुरक्षा गर्नु र हिमालयमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नु हो। 

कोका–कोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पीईटीलाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिंग प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट पोलिइथाइलीन टेरेफ्थलेट (पीईटी) बोतलहरुलाई हल्का तौलको बनाएको छ। यसले प्लानेटलाई सफा बनाउनको लागि आफ्नो प्याकेजिंग को रि–इमाजिनिंग गरिरहेको छ। 

Logo