पोखरामा आगामी बैशाखबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेे तयारीः विमानस्थलको समस्या समाधान गर्ने देउवाको आश्वासन

पोखरामा आगामी बैशाखबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेे तयारीः विमानस्थलको समस्या समाधान गर्ने देउवाको आश्वासन


प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरतर्फको बाढी तथा पूर्वतर्फको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने देउवाले बताए ।

सोमवार निर्माणाधीन विमानस्थलको अवलोकनमा पुग्गेका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए । साथै, रिठ्ठेपानी डाँडा कटानमा पूरक ईआईए आवश्यक पर्ने र त्यसका लागि ३ महिना समय लाग्ने जानकारी नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले गराएका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले ईआईए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने बताए । बर्खामा उत्तर तर्फबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वतर्फ गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने उनले बताए ।

आयोजना कार्यालय र प्रधानमन्त्री बीचको छलफलमा भने सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन । हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । 

सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

Logo