काठमाडौं । जनरल इन्सुरेन्सले कम्पनीले आजदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यस इन्सुरेन्सले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता अर्थात् ५५ म्युचुअल फण्डहरूका लागि छुटयाइएको छ । २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त शेयरमा आज असोज ११ गतेदेखि छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।





























प्रतिक्रिया