सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

केन्द्रबिन्दु
0
Shares

सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ। देशभर रहेका बैंकका शाखाहरुले ०७८ कात्तिक ७ देखि कात्तिक १३ गते सम्म देहाय अनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ। 

०७/७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने। 
०७/८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच
०७/९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम
०७/१० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर 
०७/११ गते नयाँ शाखा कार्यालय उद्घाटन 
०७/१२ विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु
०७/१३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण

उक्त कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैकका सम्पूर्ण शाखा कार्यालयहरुले कात्तिक ७ गतेदेखि मिति कात्तिक १३ गतेसम्म क्रमानुसार मनाउँदै लग्नेछन्। उक्त कार्यक्रमहरुले देशव्यापीरुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

साग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक वर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ। साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ। 

Skip This
Skip This
Logo