शेयर बजारको उकालो यात्रामा निरन्तरता, कारोबार रकममा झिनो सुधार

शेयर बजारको उकालो यात्रामा निरन्तरता, कारोबार रकममा झिनो सुधार


साताको पहिलो दिन देखी नै उकालो लागेको नेप्से परिसूचकले बुधबार पनि निरन्तरता पाएको छ ।

मंगलबार ७८.८२ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि १८.०६ अंकले बढेर २ हजार ७६९.१३ अंकमा पुगेको छ। 

नेप्से परिसूचक गत आइतबार २६.९६ र सोमबार ८७.६३अंकले वृद्धि भएको थियो । पछिल्लो चार दिनमा मात्रै नेप्से परिसूचक २११.४७ अंकले वृद्धि भएको छ ।

नेप्से परिसूचकमा आएको वृद्धिसँगै नेप्से कारोबार रकम पनि झिनो वृद्धि देखिएको छ । यस साताको चार दिनको तुलनामा बुधबार कारोबार रकम केही बढेको देखिन्छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८३९ रुपैयाँ ६८ पैसामा कारोबार भएको छ । मंगलबार ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँमा कारोबार भएको थियो ।  

 

मंगलबार नेप्सेका ८ उपसमूहमा हरियाली छाएको छ भने ४ वटा उपसमूहका लगानीकर्ताले गुमाएका छन् । एउटा उपसमूह भने स्थिर रहेको छ । आज जीवन बिमा तर्फ लगानीकर्ताको आकर्षण देखिएको छ । 

त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटीभिटि परिसूचक ०.४९ अंकले बढेर ५१६.५७ विन्दुमा पुगेको छ ।

Logo