मूल्यबृद्धी ३.४६ प्रतिशतले घट्यो !

मूल्यबृद्धी ३.४६ प्रतिशतले घट्यो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ३.४६ प्रतिशत मूल्यबृद्धी घटेको छ । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

राष्ट्र बैकले शुक्रबार सार्वजनिक गरेको वित्तीय स्थिति अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशत रहको छ । ०७७ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

०७६ साउनको तुलनामा ०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्यबृद्धी उच्च रहेको छ । ०७७ असारको तुलनामा ०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो (साउन) महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । ०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

त्यस्तै, थोक मुद्रास्फीति चालु आर्थिक वर्ष ०७७ को पहिलो महिना साउनको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यबृद्धी क्रमशः ७.४४ प्रतिशत, ८.१० प्रतिशत र २.६३ प्रतिशत रहेको छ । त्यस्तै, यो महिनामा निर्माण सामग्रीको थोक मूल्य २.३३ प्रतिशतले घटेको छ ।

 

 

Skip This
Skip This
Logo