उदयपुरमा बिद्युत् सर्ट हुँदा ३५ वटा मोटर साइकल जलेर नष्ट

उदयपुरमा बिद्युत् सर्ट हुँदा ३५ वटा मोटर साइकल जलेर नष्ट

केन्द्रबिन्दु
0
Shares

उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत् सर्ट भई आगलागी भएको छ । राती करिव १२ः ४५ बजेतिर एक्कासि बिद्युत् सर्ट भएर आगलागी भएको हो । 

त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलिको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो  । साँझ दीपावली गरेर हिँडेका उनीहरूको पसलमा एक्कासि बिद्युत् सर्ट भई आगलागी भएको स्थानीले बताए ।

राती अचानक आगलागी भएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् । 

आगलागीबाट ३५ वटा मोटर साइकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए ।

Logo