साेमबार सेयर बजार परिसूचक नेप्से १९.२ अंकले घटेर २८२९.६५ अंकमा बन्द भएको छ।
सुरुवाती समयमा सामान्य अंकले बढेको नेप्से अन्तिम समयमा आएर दोहोरो अंकले घटेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स २.७१ अंकले घटेर ५२८.३७ अंकमा बन्द भएको छ।
आज बजारमा ७२ लाख ७ हजार ३९६ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४२ करोड ०७ लाख १९ हजार १०३ रुपैयाँ १३ पैसाको कारोबार भएको छ।
आज नेप्सेमा २३० कम्पनीको सेयर कारोबारमा आएकोमा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
फाइनान्स उपसमूह २१ अंकले बढ्यो भने लगानी उपसमूह ०.६३ अंक बढेको छ । बाँकी रहेका बैंकिङ १९, ब्यापार १४, होटल तथा पर्यटन २९ , विकास बैंक ७०, जलविद्युत १३, निर्जीवन बीमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बीमा उपसमूह १०० अंकले घटेका छन् ।































प्रतिक्रिया