एकै दिन आठ सयले बढ्यो सुन, कति छ आज ?

एकै दिन आठ सयले बढ्यो सुन, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लगातार ३ दिन घटेको सुनको मूल्य आज भने एकै दिन ८ सयले बढेको छ । नेपाली बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । मंगलबार १७ सयले घटेको सुन बुधबार पनि १२ सयले घटेको थियो । विहिबार सुन १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१६० रुपैयाँमा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo