नेप्सेमा पहिरो, १३ वटै उपसमूहमा रातो पोतियो

नेप्सेमा पहिरो, १३ वटै उपसमूहमा रातो पोतियो


बिहिवार सेयर बजार परिसूचक नेप्से ५९.५७ अंकले घटेर २६९०.२९ अंकमा बन्द भएको छ।

सुरुवाती समयदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयमा आएर करिब ६० अंकले घटेर बन्द भएको छ भने ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ । सेन्सिटिभ इन्डेक्स १०.६३ अंकले घटेर ५०२.२० अंकमा बन्द भएको छ।

आज बजारमा ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर कारोबार हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५३९ रुपैयाँ ६९ पैसाको कारोबार भएको छ।

आज नेप्सेमा २२५ कम्पनीको सेयर कारोबारमा आएकोमा १६ कम्पनीको  सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ। आज कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेन ।

त्यस्तै आज १३ वटै उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी गुमाउनेमा फाइनान्स ४.२२ प्रतिशत, विकास बैंक ३.६१ प्रतिशत र इन्भेस्टमेन्ट ३.०५ प्रतिशत रहेको छ ।

Logo