यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणको काम थालेको छ। २०७२ असारमा सेवा कार्यालय स्थापना भए पनि पहिलो पटक लाइसेन्स दिने काम थालेको हो।
यातायात व्यवस्था विभाग, प्रदेश यातायात व्यवस्था निर्देशनालय इटहरीबाट २९ कात्तिकबाट लाइसेन्स वितरणको परिपत्र आएको कार्यालय प्रमुख सुभाष कार्कीले जानकारी दिए।
यसअघि सवारी दर्ता, लाइसेन्स नविकरणको काम मात्रै हुने गरेकोमा लाइसेन्सको फारम भर्न थालिएको जानकारी दिए। लाइसेन्स नै वितरणको जिम्मेवारी पाएको कार्यालय प्रमुख कार्कीले बताए। उनका अनुसार अब स्कुटीदेखि जीप, कार, भेन जस्ता हलुका सवारी साधनको लाइसेन्स वितरण गर्ने अधिकार कार्यालयले पाएको छ।
लाइसेन्सका लागि फाराम खुल्ला भइसकेको पनि कार्कीले जानकारी दिए।
कार्यालयदेखि ३ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका–९ गहिरुनमा १ बिगाहा क्षेत्रफल जमिनमा ‘सवारी ट्रायल सेन्टर’ निर्माण भइसकेको छ।































प्रतिक्रिया