गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा

गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा


गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा शुक्रबारदेखि सुरु भएकाे छ। यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले पहिलो पटक नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिएको हो। पहिलो दिनको लिखित परीक्षामा दुई सय जनाले सहभागिता जनाएका थिए।

यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले गाईघाटबाटै लाइसेन्स वितरणको काम अगाडी बढाएपछि पहिलो चरणमा लिखित परीक्षाको काम भएको कार्यालयका प्रमुख सुवास कार्कीले जानकारी दिए। 

पहिलो चरणको लिखित परीक्षाको लागि दुई पाङग्रे तथा ४ पाङग्रे सवारीको ट्रायलका लागि १९६ झण्डै २ सय जनाको सहभागिता रहेको कार्यालय प्रमुख कार्कीले बताए। गाईघाटबाटै लाइसेन्स वितरणको काम भएपछि उदयपुरबासी तथा अन्य छिमेकी जिल्लाहरूबाट लाइसेन्सका लागि धमाधम आउन थालेको कार्कीले बताए।

लिखित परीक्षा गाईघाटस्थित संगमटोलको प्याराडाइज बोर्डिङमा गरिएको छ। लिखित परीक्षाको नतिजा ३ दिनभित्र आइसक्ने कार्यालयले जनाएको छ। 

नतिजा कार्यालयको आधिकारिक फेसबुक पेज, कार्यालयको सूचना बोर्ड र कार्यालयको वेबसाइटबाट पनि हेर्न सकिने जनाएको छ। लिखित परीक्षाको नतिजा आएको केही दिनमै ट्रायलको प्रक्रिया अगाडी बढाइने प्रमुख कार्कीको भनाइ रहेको छ

Logo