एमजी मोटर्सले देशका १२ स्थानमा चर्जिङ स्टेशन थप गर्ने

एमजी मोटर्सले देशका १२ स्थानमा चर्जिङ स्टेशन थप गर्ने


एमजी ब्रान्डका इलेक्ट्रिक कार प्रयोगकर्ताले देशका थप १२ स्थानबाट आफ्नो गाडी चार्ज गर्न पाउने भएका छन्। उक्त ब्रान्डको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशन निर्माण गर्न देशका विभिन्न १२ स्थानका होटल, पेट्रोल पम्प र क्याफे तथा रेस्टुरेन्ट ब्यावसायीसँग सहकार्य गर्न आह्वान गरेको छ।

कम्पनीले पूर्व पश्चिम राजमार्गका ९ स्थान र काठमाडौंसहित मुग्लिङ र पोखरामा यस्तो स्टेशन थप गर्ने योजना बनाएको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने बिर्तामोड, इटहरी, ढल्केबर, पथलैया, नारायणघाट, बुटवल, चन्द्रौटा, नेपालगन्ज र धनगढीमा यस्तो स्टेशन निर्माण हुनेछन्। 

एमजी मोटर्सको जेडस इभी नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कारका रुपमा स्थापित छ। यो कार प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै जान थालेपछि कम्पनीमाथि देशका बिभिन्न स्थानमा चार्जिङ स्टेशन थप गर्नु पर्ने भएको हाे। सोही अनुरुप कम्पनीले स्थानीय स्तरमा ब्यवसाय संचालन गर्दै आइरहेका ब्यवसायीसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्न लागेको हो।

फाइल फाेटाे

Logo