कस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर?, यसाे भन्छ राष्ट्र बैंक

कस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर?, यसाे भन्छ राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र बिक्री दर ११९ रुपैयाँ ३४ पैसा कायम गरेको छ। 

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ९९ पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा रहेको छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा छ। यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ९३ पैसा र बिक्री दर १२८ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४६ पैसा छ। 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४० पैसा र बिक्री दर १० रुपैयाँ ४६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६१ पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ। 

साउदी अरबियन रियाल एकको खरिद दर ३१ रुपैयाँ ६५ पैसा र बिक्री दर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६१ पैसा र बिक्री दर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा छ। 

Logo