एकै दिन १६ सयले घट्याे सुनकाे मूल्य, चाँदीमा पनि गिरावट

एकै दिन १६ सयले घट्याे सुनकाे मूल्य, चाँदीमा पनि गिरावट


मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ हजार ६ सयले घटेर ९२ हजार ३ सयमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९३ हजार ९ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Logo