विराटनगर भन्सारमा श्रमिक हड्ताल

विराटनगर भन्सारमा श्रमिक हड्ताल

केन्द्रबिन्दु
0
Shares

विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन ।

आइसिपीले  श्रमिक तथा मजदुरहरुलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिइएको भन्दै समाजबादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखी भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका ईकाई अध्यक्ष शम्भुकुमार यादवले मजदुरहरूको जायज माग पूरा नगरे मंसिर १२ गतेदेखि एकीकृत भन्सार जाँच चौकी ठप्प पार्ने चेतावनी दिए । उनले संघकै अगुवाईमा २०७७ माघ १९ गते श्रम ऐन २०७४ को परिच्छेद १९ को दफा ११६ को उपदफाहरु अनुसारका मागहरू राखिएको भएपनि मागको सम्बोधन नभएको बताए ।

समाजबादी ट्रेड युनियनका प्रदेश सचिव विकास मण्डलले हाल कार्यरत सम्पूर्ण कामदर तथा कर्मचारीहरूलाई नियमित गर्नुपर्ने, कार्यरत प्रत्येक कामदार तथा कर्मचारीहरूलाई सात लाख बराबरको बीमा गर्नुपर्ने माग राखेका छन् ।

युनियनका प्रदेश अध्यक्ष मोहम्मद नसरुलले आइसिपीका खटिने मजदुरहरुलाई ठेकेदारी प्रथाबाट खटाएर शोषण गर्ने गरिएकाले ठेकेदार प्रथाको अन्त्य गर्नुपर्ने बताए । उनले श्रम स्विकृति नलिई आइसिपीमा बिदेशी कामदारहरुलाई लगाइएको समेत बताए । उनले भन्ने,‘आइसिपीमा कामगर्न ट्रान्स नेपाल नामक कम्पनीले दिने गरेको छ ,श्रमिकहरुले श्रम ऐन अनुसार सेवा र सुविधाको तगेदा गर्दा पछिल्लो समय ट्रान्स नेपाल आफ्नो कामदार नभएको भन्दै पन्छिन खोजिएको छ।’

आइसिपीमा नेपाल र भारतका गरी करिव ३ सय श्रमिकहरु कार्यरत छन । श्रमिकको मागका बारेमा सम्बन्धित निकायहरुलाई जानकारी गराउँदा पनि ध्यान नदिएको कारण हड्तालमा जानुपर्ने बाध्यता सृजना भएको संघले जनाएको छ ।

Skip This
Skip This
Logo