सानिमा लाइफ इन्स्योरेन्सकाे सानिमा दम्पति जीवन बीमा याेजना सुरू

सानिमा लाइफ इन्स्योरेन्सकाे सानिमा दम्पति जीवन बीमा याेजना सुरू

केन्द्रबिन्दु
0
Shares

सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान-श्रीमती दुवै जनालाई एउटै जीवन बीमा पोलिसीमा अटाउने गरी दम्पत्ती बीमा याेजना सुरू गरेको छ। कम्पनीले आर्जन गरेको मुनाफामा हिस्सेदारी पाइने त छँदैछ, सुरक्षा र बचतका लागि पनि यो योजना निकै आकर्षक हुने अपेक्षा गरिएकाे छ। 

यो योजनाले विभिन्न पेशा व्यवसायमा रहेका मानिसहरुलाई श्रीमान श्रीमतीको अलग अलग बीमा गर्नु पर्ने झण्झटबाट मुक्त गरि दिएको छ।

२१ वर्ष उमेर पुगेका मानिसले यो योजनामा सहभागि हुन पाउने छन्। ५० वर्षभन्दा बढी उमेर भएका मानिस भने यो योजनामा सहभागि हुन नपाउने कम्पनीले जनाएकाे छ। यस्तो बीमा १५ देखि ३० वर्षका लागि गर्न सकिन्छ। तर ७० वर्षको उमेर पुग्दासम्म बीमा अवधि सकिइसक्नु पर्नेछ। यो योजनामा करोडौं रकमको बीमा गर्न पनि पाइन्छ। 

यसरी बीमा गरेपछि बीमा समाप्ति हुने मितिसम्म पतिपत्नी दुबै वा कुनै एक जनामात्रै जिवित रहे भने बिमांक रकम र पुरा अवधिको बोनश एकमुष्ट प्रदान गर्ने कम्पनीले जनाएको छ। बीमा अवधिभित्र दम्पत्तीमध्ये कुनै एक जनाको मृत्यु भएका पुरै बिमांक रकम भुक्तानी गर्ने कम्पनीले जनाएको छ।

Skip This
Skip This
Logo