नेप्सेमा झिनो अंकको सुधार

नेप्सेमा झिनो अंकको सुधार


बुधवार सेयर बजार परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९४ अंकमा बन्द भएको छ।

सुरुवाती समयदेखि नै ओरालो लागेको नेप्से अन्तिम समय आएर सम्हालिएको हो । त्यस्तै  ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने घटेको छ । सेन्सिटिभ इन्डेक्स ०.८२ अंकले घटेर ५१५.२१ अंकमा बन्द भएको छ।

आज बजारमा ७४ लाख ४५ हजार २२७ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँ ५२ पैसाको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो दिनको तुलनामा केही वृद्धि भएको हो ।

आज नेप्सेमा २२७ कम्पनीको सेयर कारोबारमा आएकोमा १०२ कम्पनीको  सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको सेयर मूल्य घटेको छ। आज ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज १३ वट मध्ये ३ वटा उपसमूहमा रातो पोतिएको छ । आज सबै भन्दा बढी कमाउने मा फाइनान्स उपसमूह १.४१ प्रतिशत, विकास बैंक ०.८१ प्रतिशत रहेको छ भने सबै भन्दा बढी गुमाउनेमा व्यापार उपसमूह १.२८ रहेको छ ।

Logo