अमृत ब्राण्डका १४० कार्टुन तेल साबुन कम्पनीमा पठाउन निर्देशन

अमृत ब्राण्डका १४० कार्टुन तेल साबुन कम्पनीमा पठाउन निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अमृत ब्राण्डका तोरी र सनफ्लावरका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ ।

महानगरको उपभोक्ता हित संरक्षण समितिले आज गरेको अनुगमन टोलीले काठमाडौं महानगरको वडा नं. १३ रविभवन आदर्शनगरमा रहेको गोदाममा राखिएका व्याच नं. १७ मा उत्पादन भएका, उपभोग्य मिति सकिएका ५१ कार्टुन सनफ्लावर तेल फेला पारेको थियो । १ बर्ष उपभोग्य मिति भएको तेलको उत्पादन मिति ०७६ असोज लेखिएको थियो । बजारमा पठाउन अयोग्य भइसकेकाले योसँगै बिक्री अयोग्य सामान राख्ने ठाउँमा भएका ८९ कार्टुन तोरीको तेल साबुन फ्याक्ट्रीमा बिक्री गरेर बिल महानगरमा पठाउन निर्देशन दिइएको हो ।

अनुगमन टोलीले साबुन फ्याक्ट्रीमा बिक्री गरेको बिल लिएर महानगरमा आउन निर्देशन दिएर फर्किएको छ । भण्डारण कक्षभरि तेल पोखिएर कालो भएकोले यसलाई नियमित सफाइ गर्नुपर्ने, कम्पनी दर्ता र यसले गर्ने काम सम्बन्धि विवरण राख्नुपर्ने पनि टोलीले निर्देशन दिएको छ ।

टोलीले आजै बडा १५ गठ्ठाघरमा रहेको आरसा फुड एण्ड स्पाइसेसको गोदाम निरीक्षण गरेको थियो । हिजो (असोज ६) गते खुशिवु क्षेत्रमा अनुगमन गर्दा चितवन दाजुभाइ टे«डर्समा बेच्न राखिएको २७ प्याकेट अजिनामोटोको मूल्य मेटिने खालको भेटिएको थियो ।

Skip This
Skip This
Logo