‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना आजबाट सार्वजनिक गरिएको छ। सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २०% (रु ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ। 

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने भन्दै खुसी व्यक्त गरेका छन्। 

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन्। यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ। प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २०% छुट पाउन सक्नेछन् । 

‘आइएमई पे’ को बारेमा 
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो। झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।  

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

Skip This
Skip This
Logo