‘म्याद सकिएका सामान नराख्ने कुनै खाद्यान्न पसल देखिएनन्’-अनुगमन समिति

‘म्याद सकिएका सामान नराख्ने कुनै खाद्यान्न पसल देखिएनन्’-अनुगमन समिति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज आक्वा ककनी ब्राण्डका १८ वटा जार नष्ट गरिएको छ । महानगरको उपभोक्ता हित संरक्षण समितिले नयाँ बजार खुशिँवु क्षेत्रमा गरेको अनुगमनका क्रममा बिनोद किराना पसलमा बेच्न राखिएका, थोत्रो भएर रङ्ग नै फेरिइसकेका, कुच्चिएका, लेवल मेटिएका, पानी भरेको मिति नभएका जार र पानी नष्ट गरेको हो । व्यापारी भन्दै थिए, हामीले कम्पनीलाई धेरै पटक भनेका हौं । कम्प्लेन छ सुनाएका हौं । तर के गर्नु टेर्दैनन् ।

यो दृश्य हेरिरहेका उपभोक्ता भन्दै थिए – ‘हो त । जारको पैसा त हामीले तिरेको हो नि । आफ्नो पैसा खर्च गरेर उनीहरुले खटाएका सामान चलाउने ? भन्न मात्रै सकेका थिएनौ । आज तपाईहरुले ठीक गर्नुभयो । आज गरेर छोड्नु भयो भने भोलि उस्तै हुन्छ ।’ उनीहरुको सुझाव थियो – ‘यसलाई नियमित गर्नु पर्छ ।’

यसै गरी चितवन दाजुभाइ ट्रेडर्सबाट ४७ प्याकेट म्याङ्गो ट्याङ, २७ प्याकेट अजिनामोटो र ४० थान स्टेफ्रि नामका स्यानिटरी प्याड नष्ट गरिएको छ । यी सामान मध्ये ट्याङ र अजिनामोटोको उपभोग्य मिति मेटिएको थियो । भएको म्याद पनि अक्षर मेटिने थियो ।

त्यसक्षेत्रमा भएका किराना पसलहरुको अनुगमन गर्दा म्याद गुज्रिएका सामान नहुने कुनै पसल थिएनन् । व्यापारीहरु आफैं भनिरहेका थिए । होलान् त्यस्तै १०/१५ प्रतिशत म्याद सकिएका सामान । के गर्नु र ? लकडाउन छ ।

कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा बिभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, नगर प्रहरीका प्रतिनिधिको सहभागिता थियो ।

Skip This
Skip This
Logo