एसबीआई बैंकले बोलायो साधारणसभा, लाभांश वितरण एजेन्डा

एसबीआई बैंकले बोलायो साधारणसभा, लाभांश वितरण एजेन्डा


नेपाल एसबीआई बैंकले २० पुसमा २८ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्न र मर्जएक्विजसन गर्न सभा आह्वान गरेको हो।सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ।

प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जएक्विजसन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा छ। 

सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ७ पुसदेखि २० पुससम्म बुक क्लोज गर्दैछ। यसर्थ, ६ पुससम्म नेप्सेमा कायम भई कारोबार गरेका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।
 

Logo