काठमाडौं । शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको छ ।
कारोबार शुरु भएको दुई घण्टा नबित्दै पाँच प्रतिशतले बढेर ४० मिनेटको लागि बन्द भएको नेप्से पुनः ६ प्रतिशतले बढेर नियमित समयभन्दा अगावै बन्द भएको हो ।
यस अवधिमा नेप्से १३७ दशमलव १८ अंकले बढेर दुई हजार चार सय १८ दशमलब ८४ विन्दुमा पुगेको छ । त्यस्तै, मंगलबार सेन्सेटिभ सूचकमासमेत ५ दशमलव १९ प्रतिथशत वा २२ दशमलव ७२ अंकको बढोत्तरी हुँदा ४ सय ६० दशमलव ३० अंकमा पुगेर रोकिएको छ । यसैगरि, कारोबार रकम भने ४० लाख ८५ हजार ९ सय ५६ कित्ता माथी कित्ता शेयर कारोबार हुँदा १ अर्व ८४ करोड २६ लाख ७ हजार १ सय ४४ रुपैयाको कारोबार भएको छ ।
नेप्सेले जनाए अनुसार १३ वटै उप सूचकहरुमा हरियाली छाएको छ भने करिव ८० वटा कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट नै लागेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ ।
मंगलबार दुई कम्पनीको शेयर भने नकारात्मक देखिए जस्मा नविल ब्यालेन्स फण्ड र कुमारी इक्वीटी फण्ड हुन् । सबैभन्दा धेरै नविल बैंकको ९ करोड माथीको कारोबार भएको छ । सबैभन्दा धेरै संख्यामा शेयर कारोबार नेशनल हाइड्रोपावरको भएको छ । नेप्सेमा धेरै पटक कारोबार भएको कम्पनी भने एचआईडीसीएल रहेको छ ।





























प्रतिक्रिया