होन्डाकाे सीआरएफ ३०० एल र ३०० एल र्‍याली नेपाली बजारमा, मूल्य कति?

होन्डाकाे सीआरएफ ३०० एल र ३०० एल र्‍याली नेपाली बजारमा, मूल्य कति?


होन्डाले सीआरएफ ३०० एल र ३०० एल र्‍याली मोटरसाइकल नेपाली बजारमा ल्याएकाे छ। यी दुई मोडलको मूल्य क्रमशः १७ लाख ५० हजार र १९ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएकाे छ। 

पहिले बजारमा उपलब्ध सीआरएफ २५० एललाई अपग्रेड गरी नयाँ मोटरसाइकल विश्व बजारमा उपलब्ध गराइएकोमा नेपाली बजारमा समेत याे उपलब्ध भएको हो। यसका लागि नयाँ इन्जिन, नयाँ स्टाइलिङ र नयाँ फिचर थप गरिएको छ।

दुवै मोटरसाइकलमा बीएस ६ मापदण्डयुक्त २८६ सीसी लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ८५०० आरपीएममा २७.३२ पीएस पावर र ६५०० आरपीएममा २६.६ एनएम टर्क जेनेरेट गर्छ। यसमा असिस्टेड स्लिपर क्लचसहितको ६–स्पिड गियरबक्स छ। ३०० एलमा ८ लिटर र र्‍यालीमा १२.८ लिटरको इन्धन ट्यांकी प्रयोग गरिएको छ। मोटरसाइकलमा ड्युअल च्यानल एबीएसको प्रयोग गरिएको छ।

सीआरएफ ३०० एलको ग्राउन्ड क्लियरेन्स २८५ एमएम र र्‍यालीको ग्राउन्ड क्लियरेन्स २७७ एमएम छ। दुवै मोटरसाइकल रेड कलरमा उपलब्ध छन्।

सीआरएफ ३०० एलको डिजाइन सीआरएफ ४५० आर मोटोक्रस बाइकबाट प्रभावित छ। यसको अघिल्लो भागमा हेलोजन इन्डिकेटरसहितको स्ट्यान्डर्ड हेलोजन हेडल्याम्प छ भने हाई–माउन्टेड एक्जस्ट, ठूलो मडगार्ड र मोटोक्रस स्टाइलको सिट छ। त्यसैगरी स्पोर्ट्स पोलिस गरिएको ब्ल्याक रिम छ।

होन्डा सीआरएफ ३००एल र्‍याली स्पोर्ट्स भने र्‍याली बाइक स्टाइलको छ। यसमा टल विन्डस्क्रिन, एक्स्ट्रा कभरेज फेयरिङ, र्‍याप अराउन्ड स्किड प्लेट र फ्ल्यापी ह्यान्डगार्ड लगायत सुविधा छ। यसको ओभरल डिजाइन डकार र्‍यालीमा प्रयोग गरिने रेस बाइकमा आधारित छ।

Logo