महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा

महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा

केन्द्रबिन्दु
0
Shares

महालक्ष्मी विकास बैंकले २५ पुसमा साधारणसभा बोलाएको छ। बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डासहित आर्मी अफिसर्स, भद्रकाली काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको हो।

सभामा बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । 

कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ। आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ। यस्तै, बैंककले अन्य कुनै वित्तीय संस्थामा गाभ्न-गाँभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन्।

सभा प्रयोजनार्थ बैंकले १३ पुसमा बुक क्लोज गर्नेछ। यसअनुसार, १३ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।

Skip This
Skip This
Logo