सेयर बजारमा हरियाली, ९२ अंकले बढ्याे नेप्से

सेयर बजारमा हरियाली, ९२ अंकले बढ्याे नेप्से

केन्द्रबिन्दु
0
Shares

बुधबार सेयर बजार ९२ अंकले बढेको छ। नेप्से परिसूचक ९२ दशमलव १६ अंकले बढेर २५०७ दशमलव ७० विन्दुमा पुगेको छ।  

आज सबै उपसूचक बढेका छन्। २ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ।

२३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको सेयर किनबेच भएको छ। 

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको ६८ करोड ३४ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ। 

त्यस्तै अपर तामाकोशी हाइड्रोपावरको पन्ध्र करोड ४२ लाख ५४ हजार, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ९० लाख १७ हजार, गुराँस फाइनान्सको तेह्र करोड ३७ लाख ६५ हजार र नबिल बैंकको एघार करोड ७८ लाख ४५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज चार कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन्। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, शिवम् समेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लागनीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका हुन्। यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतले कमाएका छन्।

Skip This
Skip This
Logo