लुम्बिनी विकास बैंकको साधारणसभा ९ पुसमा

लुम्बिनी विकास बैंकको साधारणसभा ९ पुसमा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी विकास बैंकले ९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। बैंकले बिहान ११ः१५ बजेका लागि आफ्नो केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा सुरु हुनेछ। 

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रबोनस सेयर र कर तिर्न शून्य दशमलव ६८ प्रतिशत नगद गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ।

यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन्।

सभा प्रयोजनार्थ बैंकले २७ मंसिरमा बुक क्लोज गरिसकेको छ। यसर्थ, २६ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन्।

Skip This
Skip This
Logo