तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

केन्द्रबिन्दु
0
Shares

आज तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने सोमवार अन्तिम दिन हो ।

महालक्ष्मी विकास बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएकाले पुस १२ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ।

यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १३ गतेदेखि २५ गतेसम्म बन्द गर्ने भएसँगै पुस १२ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २९ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ५५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २५ गते केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल, काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने जानकारी दिएको छ। 

यसैगरी नेपाल हाइड्रो डेभलोपरले पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेसँगै पुस १२ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २८ गते डिल्लीबजारस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेबाट सभा शुरु गर्ने जानकारी दिएको छ। 

Skip This
Skip This
Logo