आज २ सयले घट्यो सुनको मूल्य

आज २ सयले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला २ सयले घटेको हो । आइतबार ३ सयले घटेको थियो ।

गत हप्ता आइतबार सुन ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो । यस्तै शुक्रबार २ सयले घटेको थियो ।

आज सुन प्रतितोला ९२ हजार ४ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय कायम गरिएको छ । चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी १ हजार २६० मा कारोबार भइरहेको छ ।

Logo