एनएमबि बैँकका ग्राहक तथा कर्मचारीलाई धुलिखेलकाे हिमालय दृश्य होटेलमा विशेष छुट

एनएमबि बैँकका ग्राहक तथा कर्मचारीलाई धुलिखेलकाे हिमालय दृश्य होटेलमा विशेष छुट

केन्द्रबिन्दु
0
Shares

एनएमबि बैँक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो । सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरेका थिए। 

अत्याधुनिक बैँकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटका लागि सहकार्य गरेको हो ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ।

Skip This
Skip This
Logo