प्रभु बैंकको वार्षिक साधारण सभा आज

प्रभु बैंकको वार्षिक साधारण सभा आज

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकको वार्षिक साधारण सभा आज बस्दैछ। लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बस्ने भएकाे हाे।

सभामा गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ। यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ।
 
सभामार्फत बैंकको प्रबन्धपत्र तथा नियमावलीमा पनि संशोधन हुने बताइएकाे छ। प्रभुले सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे सुरु गर्नेछ। सभा प्रयोजनका लागि पुस ४ गते बुक क्लोज गरेकाले पुस ३ गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् ।

Logo