नेप्सेमा ३२ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब माथि

नेप्सेमा ३२ अंकको वृद्धि, कारोबार रकम ४ अर्ब माथि

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव शून्य ३ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ बिन्दुमा पुगेर बन्द भएको छ । 

आज २३० वटा कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर  ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँमा खरिद विक्री भएको छ । त्यस्तै आज एउटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा मध्य भोटेकोसी रहेको छ । यो कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले बढेको हो ।  

आज सर्वाधिक शेयर कारोबार हुनेमा हिमालय डिष्टिलरीले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आज २८ करोड४४ लाख २७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । 

Skip This
Skip This
Logo