३०.७५ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने थोरै सुधार

३०.७५ अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने थोरै सुधार

केन्द्रबिन्दु
0
Shares

साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार  घटेर बन्द भएको छ।

यो साता निरन्तर उकालो लागेको शेयर बजार आज घटेर बन्द भएको हो। आज नेप्से परिसूचक ३०.७५ अंकले घटेर २ हजार ६७९.२० बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स ६.६८ अंकले घटेर ४९७.०३ बिन्दुमा झरेको छ। 

आज २३६ वटा धितोपत्रको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँमा खरिद विक्री भएको छ। आज मध्य भोटेकाशी जलविद्युत कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको ९.९६ प्रतिशतले शेयर मूल्य बढेको हो । 
सबैभन्दा बढि शेयर कारोबार हुनेमा शिभम् सिमेन्टले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको आज १८ करोड ७२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। 

त्यस्तै, कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र फाइनान्स समूहको परिसूचक बढेको छ भने बाँकी रहेका सबै समूहको परिसूचक घटेको छ। 

Skip This
Skip This
Logo