नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर

केन्द्रबिन्दु
0
Shares

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशककाे जिम्मेवारी प्रेमनाथ ठाकुरलाई प्रदान गरेकाे छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका लागि उपमहानिर्देशक ठाकुरलाई नै निमित्तको जिम्मेवारी दिएकाे हाे।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री ५८ वर्षे हदका कारण शुक्रबार अवकाश भएका थिए। क्षेत्री प्राधिकरणको सञ्चालक समितिले कात्तिक १० काे बैठकबाट महानिर्देशक नियुक्त भएका थिए। 

Logo