सुनचाँदीको मूल्य बढ्यो, कतिमा काराेबार हुँदै?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा काराेबार हुँदै?


शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ सयले बढेर ९२ हजार ७०० पुगेको हाे।

यस अघि बिहीबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार २ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ६० पुगेको महासंघले जानकारी दिएको छ। यसअघि बिहीबार चाँदी तोलाको १२ सय ५५ मा कारोबार भएको थियो।

Logo