९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान, दोस्रो टोली माघ १५ र १६ गते जाँदै

९९ जना नेपाली श्रमिक इजरायल प्रस्थान, दोस्रो टोली माघ १५ र १६ गते जाँदै


नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् ।
 
इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।

दीर्घकालीन सहायक श्रमिकका रुपमा दोस्रो टोली माघ १५ र १६ मा इजरायलय जाने भएका छन्। 

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार छनौट भएका १ हजार १७५ मध्ये ९९ सय जना पहिलो चरणमा बुधवार इजरायल प्रस्थान गरे पनि क्रमशः छनौट भएका सबैलाई इजरायल पठाइने छ।

इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा ६३ महिला र ३६ पुरुष गरि ९९ जना गत बुधबार इजरायल प्रस्थान गरिसकेका छन्। दोस्रो चरणमा दुई हवाई उडानमार्फत जाने श्रमिकको छनौट मन्त्रालयले गरिरहेको छ।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५ सय र मंसिरमा ६ सय ७५ श्रमिकको नामावली छनौट गरि रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। जसअनुसार छनोटमा परेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला तथा ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो।

नेपाल सरकार र इजरायल सरकारबीच ०७७ असोज १४ गते भएको श्रम सम्झौता अनुसार नेपाली श्रमिकलाई रोजगारका लागि इजरायल जाने बाटो खुलेको हो। इजरायल जाने प्रत्येक नेपाली श्रमिकले कम्तिमा २ लाख रुपैयाँ पारिश्रमिकका रुपमा पाउने छन्।

Logo