६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति (कसलाई कति?)

६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति (कसलाई कति?)


नेपाल धितोपत्र बोर्ड (सेबन) ले ६ कम्पनीलाई प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले माघ ९ गते आइतबार एकैसाथ ६ वटा  कम्पनीलाई आइपिओ निकाष्शन गर्ने अनुमति दिएको हो। 

बोर्डले आइपिओ निष्कासनका लागि अनुमति दिएको कम्पनीमा बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल रहेका छन्।
 
जसमध्ये बलेफी हाइड्रो पावर कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको कूल ३६ लाख ५५ हजार ९४० कित्ता आइपिओ जारी गर्ने अनुमति प्रदान गरेको छ । बेलफी हाइड्रोपावरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

त्यस्तै, ग्रिन भेञ्चर्स लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीको उक्त आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । 

नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्न अनुमति प्राप्त गरेको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

त्यसैगरी जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ताका लागि अनुमति पाएको छ । विक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । 

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ताका लागि अनुमति पाएको छ । कम्पनीको आइपिओ विक्री प्रवन्धकमा एनआइविएल एस क्यापिटल रहेको छ भने इमर्जिङ नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आइपिओ निष्काशनको अनुमति पाएको छ । कम्पनीको विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल रहेको छ।

Logo