माछापुच्छ्रे बैंक पहिलोपटक बन्यो कर्पोरेट सुपर सिक्सेस च्याम्पियन

माछापुच्छ्रे बैंक पहिलोपटक बन्यो कर्पोरेट सुपर सिक्सेस च्याम्पियन

केन्द्रबिन्दु
140
Shares

माछापुच्छ्रे बैंक पहिलोपटक कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको सिजन ७ को च्याम्पियन बनेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई ८ विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि चुमेको हो ।

आईसीएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्‍यो । माछापुच्छ्रेका लागि निशेष केसीले १४ बलमा तीन चौका र दुई छक्काको मदतमा ३१ रन जोडे । उनी प्लेअर अफ दी फाइनल पनि चुनिए । साथै विभव जोशीले १६ रन जोडे ।

आईसीएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एकएक विकेट लिए ।

त्यसअघि आईसीएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो । आईसीएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे ।

सन् २०१४ देखि एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको यस प्रतियोगिताको सातौं सिजनको विजेता माछापुच्छ्रे र उपविजेता आईसीएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाएका छन् । विजेता माछापुच्छ्रे बैंकले भने आगामी सिजनमा फ्रि इन्ट्री पाउने छ । विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कृत गरे ।

Skip This
Logo