नारायणी डेभलपमेन्ट बैँकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैँकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

नारायणी डेभलपमेन्ट बैँक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने बुधबार (आज) अन्तिम दिन रहेको छ। 

पुस ७ गतेदेखि २७ गतेसम्म निष्कासन तथा विक्री खुल्ला भएको शतप्रतिशत हकप्रद शेयरमा आवेदन नपरेकाले पुन माघ १२ गतेसम्म थप भएको थियो। हकप्रद शेयरमा आज बैँकिङ समयसम्म आवेदन दिन सकिनेछ। 
 
कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुल्ला गरेको हो । 

कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम भएक शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन्।

Logo