अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा फागुन ६ गते बस्ने भएको छ। कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो ।
सभा युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा विहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन । सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।































प्रतिक्रिया