एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ। माघ १३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा स्थान परिवर्तन गर्ने निर्णय गरेको हो।
कम्पनीको वार्षिक साधारणसभा काठमाडौँको मैतीदेवीस्थित प्रधान कार्यालयमा हुनेछ। कम्पनीले वार्षिक साधारणसभा भने यही माघ २१ गते शुक्रबार बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट हुनेछ ।
यसअघि कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा वीरगन्जको आदर्शनगरस्थित होटेल दियाली लर्डस प्लाजामा बिहान ११ः३० बजेदेखि गर्ने निर्णय गरेको थियो।
सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल २७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश छन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १२ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। माघ ११ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।





























प्रतिक्रिया