एभरेष्ट बैंकको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन पाइने

एभरेष्ट बैंकको ऋणपत्रमा आजसम्म मात्र आवेदन दिन पाइने


एभरेष्ट बैंक लिमिटेडको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र खरिदका लागि आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। माघ ३ गतेदेखि विक्रीमा आएको कम्पनीको ऋणपत्रमा छिटो अवधि माघ ६ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि माघ १७ गतेसम्म विक्री खुल्ला गरिएको हो। 

कम्पनीले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामको प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। कुल कित्तामध्ये रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने कम्पनी आफैंले व्यक्तिगत तवरबाट विक्री गर्ने जानकारी दिएको छ। 

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिनेछ।

Logo