नेपाली बजारमा चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर

नेपाली बजारमा चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर

केन्द्रबिन्दु
0
Shares

चीनमा निर्मित इटालियन ब्रान्ड ‘टारो’ का स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा भित्रिएका छन्। एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले यी मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याएको हो।

टारो ब्रान्डका तीन मोटरसाइकल र दुई स्कुटर बिक्रीका लागि उपलब्ध हुनेछन् । यी मध्ये मोटरसाइकलमा २०० सीसीको जीपी २, २५० सीसीको जीपी १ र ४०० सीसीको जीपी १ रहेका छन्।

त्यसैगरी स्कुटरमा १५० सीसीको एलेक्स वान र इमोला छन्। यी मध्ये हाल एलेक्स वान उपलब्ध छ र अर्को मोडल केही समयमै नेपाली बजारमा उपलब्ध हुने बताइएको छ। यी मोटरसाइकलमा ईएफआई सिस्टम, डबल डिस्क ब्रेक, एबीएस आदि फिचर उपलब्ध छ।

स्कुटरमा १३ लिटरको इन्धन ट्यांकी छ। त्यसैगरी सामान राख्नका लागि अन्डर सिट स्टोरेज निकै नै ठूलो छ। यसको स्टाइल, लुक, ग्राफिक्स र प्रविधि निकै नै उत्कृष्ट छ। यो टुरिङका लागि निकै नै उपयोगी म्याक्सी स्कुटर हो।

टारोका यी मोटरसाइकल र स्कुटरको मूल्य ३ लाख ४५ हजारदेखि ९ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ।

ओम मोटोकर्पले नक्साल नारायणचौरमा शाेरुम स्थापना गरेको छ। आगामी दिनमा देशभर डिलर नेटवर्क विस्तार गर्ने र सर्भिस सेन्टरसमेत स्थापना गर्ने बताइएको छ।

Skip This
Skip This
Logo