१५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

१५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको दोस्रो दिन आज सोमबार शेयर बजारमा वृद्धि भएको छ। आइतबार उच्च अंकले घटेको नेप्से सोमबार १५ दशमलव ६९ अंकले बढेको हो । 

सोमबार २२४ वटा घितोपत्रको ९५ लाख १२ हजार ५८० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

सोमाबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी रहेका १० वटा समूहको परिसूचक बढेको छ । 

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्क्चर बैँक लिमिटेडको ४९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

Logo