काठमाडौं ।
चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनामा भन्सार विभागबाट करिब ४८ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ ।
आर्थिक वर्षको सुरुको महिना साउन सम्ममा २२ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ राजश्व संकलन भएको थियो भने भदौ महिना २४ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको विभागले जनाएको छ । साउन महिनाको भन्दा भदौ महिनामा राजश्व संकलन केही वृद्धि भएको छ ।
विभागले भदौ महिनासम्म २२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ । त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ १९ अर्ब १५ करोड ६९ लाख, अन्तःशूल्कमा ४ अर्ब ९३ करोड ३३ लाख,सडक सुधार शूल्कतर्फ ५० करोड ७७ लाख र सडक निर्माण दस्तुर ९२ करोड १ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांक छ ।





























प्रतिक्रिया