इमर्जिङ नेपालको आईपिओमा आवेदन दिने आइतबार (आज) अन्तिम दिन रहेको छ । माघ २६ गते बुधवार देखि निष्कासन तथा विक्री खुला गरेको आईपिओमा आज अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरले ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको हो । कुल कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरूका लागि र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
उक्त आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।





























प्रतिक्रिया